By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 hour ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    18 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    19 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    19 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद
समाज

नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद

साझासवाल
Last updated: December 1, 2023 7:03 am
साझासवाल
2 Min Read
Share

मङ्सिर १५, काठमाडौँ | नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो ।

न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८/८ वर्ष कैद सजाय सुनाइएको छ । आठजना प्रतिवादी रहेकामध्ये पाँचजना माथि कसुर कायम भएको छ भने तीनजनालाई विशेषले सफाइ दिएको छ । मुद्दा दायर भएको चार वर्षपछि फैसला भएको हो । 

गौतम कृषि विकास बैंकको स्वयम्भु शाखामा कार्यरत थिए । जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो । गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाएर बैंकमा विभिन्न आर्थिक गतिविधि गर्ने गरेका थिए । नक्कली राहदानीसमेत बनाएर नेपालबाहिर फरार हुने उद्देश्यले योजनाबद्ध ढंगले गौतमले थापाको परिचय खडा गरेर कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले देखाएको थियो ।

आठ वर्ष नै कैद सजाय पाएका कृष्णहरि थापाको पनि यसमा मिलेमतो देखिएको थियो । उनले पनि नक्कली नागरिकता बनाएका थिए । राजीव थापा नामले कृष्णहरिले नागरिकता बनाई केदारसँग मिलेर नक्कली बैंक खाता खोल्ने, भारतमा बसी बैंकमा भएको रकम र हिनामिना भएको रकम व्यवस्थापनमा भूमिका खेलेकोजस्ता आरोप अख्तियारले लगाएको थियो । 

यसैगरी, इजलासले सम्झना पोखरेल गौतम, सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूलाई जनही १/१ महिना कैद सजाय सुनाएको छ । सम्झना केदारप्रसादकी श्रीमती हुन् । सम्झना आफ्नो नाममा रहेको जग्गाजमिन बेची भारत जाने तयारीमा थिइन् । अनियमित तरिकाबाट प्राप्त रकम लुकाउने दुराशयपूर्ण उद्देश्य राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएकोमा कसुर ठहर भएको हो ।

यसैगरी, गुप्ताले गौतमले निकालेको रकम अन्य खातामा जम्मा गरिदिने र भारत पुर्‍याउन सहयोग गर्ने गरेका थिए । अर्कोतिर लिम्बूले पनि वसन्त राई भनी नक्कली नामले किर्ते नागरिकता बनाएको खुलेको थियो । उनले पनि गुप्तालेझैँ गौतमलाई सहयोग गर्ने गरेका थिए ।

यसै मुद्दामा प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले सफाइ पाएका छन् । बानियाँ स्वयम्भु शाखाका तत्कालीन शाखा प्रबन्धक हुन् भने श्रेष्ठ गौतमकी कान्छी श्रीमती हुन् । भुजेल भने गैरकानुनी तवरले आर्जित सम्पत्तिले जग्गा कारोबारसमेतका कार्यमा संलग्न रहेको अभियोग थियो । बिगो तथा जरिवाना भने तोकिएको छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article इजरायल र हमासबिच फेरि युद्ध सुरु
Next Article केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाँके - BNKसमाज

बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

57 years ago

साक्षरता दिवसमा दर्जन बढी सम्मानित

57 years ago
काठमाडौँ - KTMसप्तरी - SPTसमाज

ट्याक्टरबाट लडेर ६ बर्षीय बालकको मृत्यु

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

जाम नखुल्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा पहिरो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?