२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको चिसोका कारण मृत्यु

२०८०, २७ मंसिर बुधबार ०८:४३

मङ्सिर २७, जाजरकोट | जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए ।

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । भूकम्पले उनको दुइवटै घर पूर्णरुपमा क्षति बनाएको छ । पीडित परिवारलाई राहतका नाममा पाल, केही न्यायो कपडा र खाद्यान्न उपलब्ध गराइएको थियो । दुवै घर भत्किएकाले पीडित परिवारले सहयोगका लागि अपिल गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ । केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन् । घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ ।

भूकम्प पछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जना को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय