२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगुमा अनमीमाथि जातीय विभेदको आरोपमा स्वास्थ्य चौकीका इन्चार्जसहित ३ जना पक्राउ

२०८०, १० पुष मंगलवार ०७:४९

पुस १०, काठमाडौँ |  जिल्ला प्रहरी कार्यालयले जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाजलाई सोमबार पक्राउ गरेको छ । सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन ।

गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनीमाथि आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल