२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साढे ४ वर्षीया छोरीलाई यातना दिने बाबु प्रहरी नियन्त्रणमा

२०८०, २२ पुष आईतवार ०८:२६

पुस २२, हेटौंडा | मकवानपुरको हेटौंडामा साढे ४ वर्षीया छोरीलाई शारीरिक यातना दिने बाबुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौंडा उपमहानगरपालिका– ५ सिँचाइटोलमा डेरा गरी बस्ने महोत्तरी एकडाँडा– ३ का २७ वर्षीय रामजी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।


मण्डलले आफ्नी छोरीलाई कुटपिट गर्ने, हात, गाला र कानमा टोकेर घाउ बनाउने तथा आँखामा खुर्सानीको धुलो हाल्ने जस्ता गतिविधि गरेको छिमेकीले जानकारी दिएपछि सिविन बाल हेल्पलाइन, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रहरीको रोहबरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको थाहा पाएपछि बालिकालाई उद्धार गरी सिविन बाल हेल्पलाइन मकवानपुरमा राखिएको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए।

उनले मण्डललाई प्रहरीको जिम्मा लगाइएको र बालिकाको हेटौँडा अस्पतालमा उपचार सेफहाउसमा राखिएको बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु