2026-07-25 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडाका प्रधानमन्त्रीको विमान बिग्रिएपछि…

पुस २२, टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो ।

ट्रुडोको यात्राका क्रममा विमानमा समस्या आएको यो चार महिनाभित्र दोस्रो पटक हो । विमानमा समस्या आएपछि आफूहरूले मर्मतका लागि अर्को विमान पठाउनु परेको क्यानडाको सैन्य बलले शुक्रवार बताएको थियो ।

परिवारका साथमा सार्वजनिक बिदा मनाउन ट्रुडो क्यारबियन टापु गएका थिए । गएको वर्ष सेप्टेम्बरमा विमानमा मेकानिकल समस्या देखिएर ट्रुडोको भारत भ्रमण २ दिन पिछाडि सरेको थियो ।

सुरक्षाका कारण प्रधानमन्त्रीले सैन्य विमानमै यात्रा गर्छन् । उनी डिसेम्बर २६ मा जमाइका गएका थिए । विमानमा जनवरी २ मा समस्या देखिएको थियो ।

जनवरी ३ मा विमान बनाउने मर्मत टोलीको साथमा क्यानडाले दोस्रो विमान जमाइका पठाएको थियो । ट्रुडो जनवरी ४ मा पूर्व निर्धारित समयमा क्यानडा फर्किएका थिए ।

दुवै विमान क्यानडाको सैन्य बलले भर्खरै खरिद गरेका सीसी–१४४ च्यालेन्जर विमान थिए । हालैका वर्षहरूमा भइरहेका भ्रमणका बेलामा ट्रुडोले यस्ता अनेकौँ समस्या भोगिरहेका छन् ।

सेप्टेम्बरमा दिल्लीमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागी हुने क्रममा पनि विमानमा समस्या आएपछि ट्रुडोको भ्रमण ढिलो भएको थियो । सन् २०१९ मा पुनः निर्वाचनको अभियानका क्रममा ट्रुडोको लागि चार्टर गरिएको विमानको पंखामा पत्रकारहरू चढेको बसमा ठोक्किएको थियो ।

त्यस्तै गतवर्ष पनि उनको जहाज ह्याङ्गरमा दुर्घटना भएको थियो । त्यसबेला लन्डनमा नेटो सम्मेलनमा सहभागी हुन ट्रुडोका लागि ब्याकअप विमान प्रयोग गर्नुपरेको थियो । तर त्यो विमानमा समेत समस्या देखिएपछि घर फर्किदा उनले अर्को विमान चढ्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक