2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको सामुदायिक वनमा मनपरी रूख कटान

वैशाख २३ गाईघाट, उदयपुर | उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । 

जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो । 

जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताउनुभयो । वन उपभोक्ता समितिका केही पदाधिकारीसहित अन्यको पनि छानबिन गरेर जिल्ला वन कार्यालयमार्फन अदालतमा केही अभियुक्तविरुद्ध मुद्दा चलाउने तयारी भएको सहायक वन अधिकृत यादवले बताउनुभयो । 

वन उपभोक्ता समितिका अध्यक्ष मेखबहादुर भट्टराईका अनुसार केही व्यक्तिले निर्देशनविरुद्ध रूख कटान गरेको हुनाले सम्बन्धित अभियुक्तलाई कारबाही गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो । 

गाईघाटका सुन पसलले उपभोक्ता ठग्दै 

उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । 

शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । 

गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले जफत गरिएको जिल्ला प्रशासन उदयपुरका अनुगमन अधिकृत खेमराज थापाले बताउनुभयो । 

यस्तै अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविरुद्ध सञ्चालन गर्ने केही पसल र एक पेट्रोल पम्प अवैध सञ्चालन भएको पाइएको कारण सिल गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई