पुस १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका नदीबाट सोह्र मेट्रिक टन फोहर निकालियो

२०७३, १६ पुष शनिबार ०७:१८

पुस १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर/घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताउनुभयो । 

आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो । 

आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ । 

रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । 

सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । 

महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ । 

विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । 

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । 

गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ । 

सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ