२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वर्षा र हिमपातको सम्भावना : हुस्सु हट्ने, गर्मी बढ्ने

२०८०, १६ माघ मंगलवार ०९:०४

माघ १६, काठमाडौँ | लामो समय हिउँदे वर्षा नहुँदा मर्कामा परेका पश्चिम नेपालका बासिन्दाहरुका लागि खुसीको खबर छ । किनकी नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेल पश्चिमी वायुको प्रभावले आगामी बिहीबार पश्चिम नेपालमा दिनभर वर्षा हुने सम्भावना रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘पोखरादेखि पश्चिम बिहीबार दिनभर राम्रै वर्षा हुने देखिन्छ, पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावना छ । अन्त भने हल्का वर्षा हुने सम्भावना छ ।’

पूर्वानुमान मोडेलहरुले पश्चिमी नेपालमा ‘राम्रो वर्षा’ हुने र काठमाडौंमा भने हल्का वर्षा हुने देखाएको पोखरेल बताउँछन् । उनले आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि बताए ।

यद्यपि मौसम पूर्वानुमान गर्ने सबै मोडेलहरुले एकरुपता देखाएका छैनन् । त्यसैले पूर्वानुमान गर्न मौसमविदहरुलाई गाह्रो छ । तर पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको हिमपात र त्यस्तै खालको वर्षा हुनेमा मौसमविदहरु एकमत छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटी पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको बताउँछिन् ।

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ । पानी पर्दा काठमाडौं उपत्यका वरपरका उच्च भेगमा हल्का हिमपातको सम्भावना हुने उनले बताइन् ।

काठमाडौं उपत्यका र मधेश प्रदेशमा भने वर्षाको खासै सम्भावना छैन । भए पनि छिटपुट मात्र वर्षाको सम्भावना रहेको मौसमविद बताउँछन् ।

मौसमविद नगरकोटी लामो समयदेखि हिउँदे वर्षा नहुँदा मारमा परेकाहरुलाई बिहीबारदेखिको वर्षाले राहत हुनसक्ने बताउँछिन् । ‘अहिले मध्यम खालको सिस्टम छ । त्यसको प्रभावले हल्कादेखि मध्यम हिमपात र हल्का वर्षा हुने देखिन्छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘यसले बालीनालीलाई फाइदा हुन्छ ।’

यो वर्षापछि न्यूनतम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको मौसमविद बताउँछन् । ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्न सक्छ,’ मौसमविद पोखरेलले भने ।  यो प्रणालीले तराई मधेशमा दिउँसोसम्मै लाग्ने हुस्सु पनि छिटो हट्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह