२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारीका नाममा ८४५ जनाबाट पौने चार करोड ठगी गर्ने लामा पुर्पक्षमा जेल चलान

२०८०, २२ माघ सोमबार ०९:४४

माघ २२, काठमाडौँ | वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगारीका नाममा आङपासाङ शेर्पासहित ८४५ जनासँग पौने चार करोड ठगी गर्ने लालबहादुर लामा पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले न्यायाधीकरणमा परेको जाहेरीका आधारमा तीन करोड ९३ लाख १४ हजार ३३३ ठगी गरेको गर्ने लामालाई पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको हो ।


लामाले शेर्पासहित ८४५ जनालाई वैदेशिक रोजगारका लागि लुथनियालगायतका देशमा पठाइदिन्छु भन्दै उक्त रकम बुझी लिएको र रकम लिइसकेपछि भनेको मुलुकमा नपठाएको तथा लिएको रकमसमेत फिर्ता गरेका थिएनन् ।

इजलासमा बयान दिने क्रममा लामाले अपराध स्वीकार गरेको तथा प्राप्त प्रमाणबाट उनी कसुरदार ठहर भएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको वैदेशिक रोजगार न्यायाधीकरणका सूचना अधिकारी सुशीला पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार वादीको तर्फबाट उप-न्यायाधिवक्ता मुना पौडेल र प्रतिवादीको तर्फबाट अधिवक्ता तेजप्रसाद न्यौपानेले बहस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने