फागुन १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।

काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।

‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजकाे दिन एतिहासिक जनयुद्ध दिवस हाे र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भने, ‘र, आज हामीले त्यसकारण पनि याे मनाइरहेका छाैँ।’

उनले सर्वाेच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएकाे बिदालाई राेक लगाए पनि फेरि सरकारले अर्काे निर्णयबाट राष्ट्रिय उत्सवकाे रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।