पुष ९, नवलपुर | नवलपरासी पूर्वले पछिल्लो ५ महिनामा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको पांच महिनामा लागूऔषध कारोबारमा संलग्न ४८ जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा अधिकांस किशोरहरु छन् ।

सोमबार मात्रै पनि नवलपुर प्रहरीले लागू औषद्यसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

सोमबार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मन्दन गाउँपालिका ४ का २१ वर्षीय सागर ढकाल, खोटाङ माग्पा गाउँपालिका ५ बस्ने २१ वर्षीय बिनोद राई र लम्जुङ्ग बेसिंसहर नगरपालिका ८ बस्ने २० वर्षीय सुब्बा गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका ढकाल र राईको साथबाट डाईजापाम नौ एम्पुल, फेनरागन नौ एम्पुल, नुफ्रिन नौ एम्पुल, नाईट्रोभेट १० लेखिएको तीन सय ११ ट्याब्लेट र गुरुङको साथबाट नुफ्रिन ५१ एम्पुल, फेनरागन ६१ एम्पुल र डाईजोपाम ५९ एम्पुल बरामद गरेको जनाएको छ ।