स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार

साझासवाल
1 Min Read

फागुन ९, काठमाडौँ |  काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।

हत्या भएकामा सात-आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्।

'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो।

घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ। घटनापछि उनी फरार भएका छन्।

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply