२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

९ फाल्गुन २०८०, बुधबार ०८:५५

फागुन ९, काठमाडौँ | सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ ।

बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

'उनले आफ्नो छोरालाई यहाँ नजिकैको पसलबाट हैन, चोकमा पुगेर तरकारी लिएर आइज भनेर पठाएका रहेछन्', ती अधिकारीले भने ।

त्यसपछि उनले तीनै जनाको हत्या गरेर आफ्नो फोनमा भिडियो खिचेर अनिशलाई पठाएका प्रहरीले जनाएको छ ।

काठमाडौंको सीतापाइलामा बुधवार बिहान ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।​

राजुको शव भने घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो अवहेलना मुद्दामा सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ बालिका बलात्कारका आरोपी पूर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट