२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कारीलाई १८ वर्ष कैद, पीडितलाई ६ लाख क्षतिपूर्ति

२०८०, ११ फाल्गुन शुक्रबार ०८:५१

फागुन ११, धादिङ | धादिङको एक बालिका बलात्कार गरेको आरोपमा आरोपितलाई १८ वर्ष कैद गर्ने फैसला भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ निवासी कृष्णबहादुर तामाङलाई ११ वर्षिया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले १८ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।


जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले माघ २९ गते कसुर कायम गरेका थिए भने फागुन १० गते कसुरदारलाई अपराध संहिता २०७४ को २१९ को ३ (ख) बमोजिम १८ वर्ष कैद गर्दै ६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जिल्ला अदालतको फैसला बमोजिम कसुरदारबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख छ ।

बालिकालाई ०७८ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएकोमा साउन २९ गते जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भएको थियो । १० पटकको पेसीपछि मुद्दा फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा