२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश

२०८०, ११ फाल्गुन शुक्रबार ०८:३७

फागुन ११, काठमाडौँ | भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशिको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो । कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् ।


अब यी फाइनलिस्टले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ । महत्वपूर्ण कुरा के हो भने, नेपाल मिस वर्ल्डको ब्युटी विथ पर्पस विधामा दाबेदार हो ।

‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा नेपाली समयानुसार १०ः१५ बजे बिहान दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी-२० सम्मेलन पनि आयोजना गरिएको थियो ।

‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा नेपाल प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा नेपालको उपस्थिती यसपटकको मिस वर्ल्डमा बलियो देखिएको छ । ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा