२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेदरल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

२०८०, १६ फाल्गुन बुधबार ०७:३४

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्डले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

नेदरल्याण्डका लागि माइकल लेभिटले ३ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए।

त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र  तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे। निदामानुरु र एडवार्ड्स रन आउट भएका हुन्।

नेपालका लागि करण केसी र कुशल मल्लले १/१ विकेट लिएका हुन्। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि-२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्।

यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। विश्वकपमा नेपाल रहेको समूह डीमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु