फागुन १७, कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।