<p><b>फागुन २०, काठमाडौं | </b> १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । </p>
