2026-08-29 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मनपा ६ जनालिवण्डाली आलुको जोन क्षेत्र नै घोषणा

कमल रावल, असार १, अछाम । मंगलसेन नगरपालिकाको कृषि बिकास शाखाको स्विकृत बार्षिक कृषि प्रसार कार्यक्रम अन्र्तगत कृषि बिकासमा संञ्चालित कार्यक्रमको जिल्लाको टोलिले अनुगमन गरेको छ । मंगलसेन नगरपालिकाको वडा नम्बर १२ बान्नातोलीमा वन क्षेत्र तर्फ र वडा नम्बर ६ को ठुलासैन क्षेत्रमा कृषि क्षेत्रको अबस्थाको बारेमा टेलिले अनुगमन गरेको हो ।

बान्नातोलीमा वन क्षेत्रमा लगाईएको ओखर, किबि र अम्रिसाको अनुगमन गरिएको हो । ठुलासैनमा शिबसक्ति कृषि सहकारी मार्फत किसानले संञ्चालन गरेको आलु खेतीको अनुगमन गरिएको थियो । कृषि शाखाको सहयोगमा गत फागुनमा जनालिवण्डालीका २५ जना कृषकलाई ३ क्विन्ट्ल आलु वितरण गरिएको थियो । जसमा किसानले फलाएको आलु निकै उपलब्धी देखिएकाले अब बजार प्रबद्र्धनको आवश्यकता रहेको किसानले गुनासो गरेका थिए ।

२५ केजि आलुबाट करिब ८ क्विन्ट्ल बढी आलु एकै किसान फलाएका छन । अनुगमन पछी सरोकारवाला बिच भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले कृषि क्षेत्रलाई सम्मानका साथ अब स्थानिय सरकार अघि बढ्नु पर्ने बताउनु भयो । जिल्लामा तरकारी खेतीलाई प्रबद्र्धन साथ बाहीरबाट आउने सबै तरकारी रोक लगाउन सके उपलब्धी हुने बताउनु भयो ।

सहकारीका अध्यक्ष लोकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले कृषकको उत्पादीत उपजलाई बजारीकरणका लागि अब आफुले योजना बनाउने बताउनु भयो । सबैले उत्पादनलाई बढउदै आत्म निर्भर बनाउन तिर अब आफ्नो योजना लक्षित हुने बताए । अबको नगरपछी एक घर एक करेसा बारिको अबधारण अघि बढिसकेकाले किसानको ध्यान त्यहा तिर उन्मुख हुने पर्नेमा जोड् दिनु भयो ।

सोही अबसरमा कृषि शाखाका बागबानी अधिृकत भुवन मल्लले वडा नम्बर ६ लाई आलुको पकेट् जोन घोषणा गरि सकीएकाले अब किसानले फलाएको आलु तेसै खेर नजाने बताउनु भयो । यो बर्ष प्रधानमन्त्री कृषि आधुनीकीकरण कार्यक्रम मार्फत १८ कुन्ट्ल आलु वडामा वितरण भईसकेकाले अबको तिन महीना आलुको अवलोकन क्षेत्र वडा नम्बर ६ हुने बताउनु भयो ।

यस बर्ष मंगलसेन, रामारोशन र मेल्लेख गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम समेत लागु भईसकेको उहाँले बताउनु भयो । छलफल कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, सबै वडा अध्यक्षको तर्फबाट वडा नम्बर ८ का अध्यक्ष हिरिण्ड बोहरा, पत्रकार महासँघ अछामका कोषाध्यक्ष टेक बहादुर थापाले सुझाब सहीत मन्तव्य राखेका थिए ।

कार्यक्रमम जिल्ला समन्वय समितीका उपप्रमुख टोप बहादुर रावल, प्रहरी नायब उपरिक्षक डिएसपि रुकेश तण्डुकार, कार्यपालिका सदस्य, सबै वडाका वडा अध्यक्ष, कृषि तथा पशु कार्यालयका प्रतिनिधी, जिल्ला स्थित संञ्चारकर्मि, किसानको सहभागिता रहेको थियो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले कार्यक्रम बारे जानकारी सहीत स्वागत गर्नु भएको कार्यक्रमको संञ्चालन सचिव बेदराज भण्डारीले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था