२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैनः सांसद परियार

२०८०, ५ चैत्र सोमबार ०८:१८

चैत ५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताए।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताएका हुन्।

उनले सहकारी पीडितहरुले आफूहरुले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताए। उनले हरेक घटनाका पीडितहरुले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताए।


उनले भने, ‘ति लाखौँलाख सहकारी पीडतहरुलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन। हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन्। बालेन र हर्कहरुले पनि हामीलाई गिज्याइरहेका छन्। हामी सत्तामा छौँ। सरकारमा छौँ। संघीय संसदमा छौँ। संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने? हजारौँ सहकारी पीडितहरुले काठमाडौंको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हरेक घटनाहरु हुन्छन् र हरेक घटनापछि आम जनताहरु सडकबाट पैदल यात्रा गरेर काठमाडौं शहरमा आएर आन्दोलन गर्नुपर्ने अवस्था हामीले कहिलेसम्म गर्ने हो? जतिसुकै घटनाहरु घट्छन्, तत्तत्ः ठाउँमा नै समस्याको समाधान दिन सकेनौँ भने संसद र सरकारको कुनै औचित्य रहदैन। सुन प्रकरणमा आयोगको प्रतिवेदनबाट, छानविनबाट जोसुकै दोषि हुन्, ति दोषिले कारबाही भोग्नुपर्छ। चाहे ठुलो माछा होस्। चाहे सानो माछा। कारबाही गर्नेकुरा सरकारको कुरा हो। दोषिहरु कोही नछुटुन्। हिजोअस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ। यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानविन गर्नुपर्छ कि पर्दैन? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सिआइबिकै पदाधिकारीहरुले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे? आइजिपी बनाउँदाखेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एएटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ? यदि यसरी नै सिआइबिबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेण्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन। जीवन चलाउनेको भिडियो आएपछि हामी सशंकित छौँ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ