चैत ३०, काठमाडौँ । काठमाडौँको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।
जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।