२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबि

२०८१, ६ बैशाख बिहीबार ०९:१५

बैशाख ६,  काठमाडौँ । बालबालिकाहरुले प्रयोग गर्ने नेस्ले कम्पनीका दुई उत्पादन सेरेलक र मिल्क पाउडरमा चिनीको मात्रा बढी रहेको पाइएको छ । नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी पाइने देशहरूमा भारतसहितका देशहरु रहका छन् ।

पब्लिक आई, स्वीडेनको संस्था र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यी नेस्ले उत्पादनहरू बालबालिकाले प्रयोग गर्ने हुनाले यसलाई निकै चासोका साथ हेरिएको छ । भारतीय बजारमा उपलब्ध हुने यी उत्पादनहरु नेपालमा समेत प्रयोग हुने गर्दछन् । 

यी दुवै उत्पादन नेस्ले कम्पनीको आफ्नै देश स्विट्जरल्याण्डमा चिनीविना बिक्री भइरहेको प्रतिवेदनमा उल्लेख छ ।


पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्कले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेच्ने नेस्ले उत्पादनहरूलाई परीक्षणको लागि बेल्जियमको प्रयोगशालामा पठाएको थियो ।

पब्लिक आईको रिपोर्ट अनुसार सेरेलकको एक डोजमा औसत ४ ग्राम चिनी हुन्छ र यो ६ महिनासम्मका बालबालिकालाई दिइन्छ । भारतमा दिइएको सेरेलकको एक डोजमा ३ ग्राम चिनी पाइएको छ । यो रिपोर्ट प्रकाशित भएपछि नेस्लेका प्रवक्ताले भने बालबालिकाको वृद्धि र विकासको लागि हाम्रा उत्पादनहरूको गुणस्तरमा ध्यान केन्द्रित गरेको दाबी गरेका छन् ।

नेस्लेले बेबी फूड बजारको २० प्रतिशत ओगटेको छ र कम्पनीको मूल्य ७० अर्ब डलर छ । नेस्लेले सन् २०२२ मा भारतमा मात्र २५ करोड डलर कमाएको छ । रिपोर्टमा नेस्लेले दोहोरो मापदण्ड अपनाइरहेको दाबी गरिएको छ । नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी भएकाले बालबालिकामा मोटोपना बढ्ने खतरा छ ।

नेस्लेको सेरेलक र दूध पाउडर गरिब देशहरूमा सबैभन्दा धेरै बिक्री हुने बेबी फूड उत्पादनहरू हुन् । पब्लिक आईको अनुसन्धानले नेस्लेले न्यून आय भएका देशका बालबालिकामा मिठाईको लत सिर्जना गरेको दाबी गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सानै उमेरमा चिनीको सेवनले मोटोपना जस्ता रोग लाग्ने खतरा बढ्दै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको एजेन्सीले सन् २०२२ सम्ममा साना बालबालिकाका लागि प्रयोग गरिने चिनीमा प्रतिबन्ध लगाउन माग गरेको थियो ।

नेस्लेले सार्वजनिक रूपमा जारी गरेको विज्ञापनमा पनि बालबालिकालाई चिनीयुक्त उत्पादनहरू नखाने दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने