२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कतारबाट पठाएको सुन अर्कैले लगेपछि भरिया बन्धक, करिब ५ लाख फिरौती माग

२०८१, १८ बैशाख मंगलवार १०:०३

बैशाख १८, काठमाडौँ । कतारबाट गिरोहले पठाएको सुन अर्कैले लगेपछि भरियालाई बन्धक बनाएर फिरौती मागिएको छ । सप्तरीको राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिम अली र एमडी सहनी रहेका छन् ।

उनीहरुले यादवलाई सोमबार कतारबाट काठमाडौं ओर्लिएको केही समयमा आफ्नो कोठा पुर्‍याएर बन्धक बनाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।


उनका अनुसार बन्धक बनाएर अली र सहनीले यादवको परिवारसँग ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए ।

कतारबाट एक व्यक्तिले यादवलाई २४ ग्राम सुन बोकाएर काठमाडौंमा अलीलाई दिनु भनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, यादवले ल्याएको उक्त सुन अर्कै व्यक्तिले काठमाडौंमा बुझेको दाबी गरेका छन् ।

त्यसपछि अलीले यादवलाई सुन खोज्दै आफ्नो कोठा पुर्‍याएका थिए । उनीहरुले यादवलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने