Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात्तीको आक्रमणबाट दुई घाइते

२०७६, १३ चैत्र बिहीबार ०४:०२

चैत १३, सिन्धुली | सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उहाँहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिनुभयो ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उहाँहरुलाई सुँढले तानेर फाल्दा घाइते हुनुभएको हो । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उहाँले जानकारी दिनुभयो । 

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश