जेठ ८, काठमाडौँ | पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाई
रहेको प्रहरीले जनाएको छ | पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलेको छैन ।

कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेपछि आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए |
अधिकारीले भने ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,’ |