जेठ १४, काठमाडौँ । न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन्। उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ ‘न्यूरोड साँघुरो गर्न मिल्दैन्, नयाँ सडक बचाउँ’ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन्।

आन्दोलनमा सहभागी स्थानीयले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए। उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरूको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए।

उनले भने, ‘सडक साँघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौँ। मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो। यो काठमाडौंको मात्र होइन। नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो। नेपालको इतिहास मेटाएर, गाडि नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ। साथ दिनुपर्ने कुरामा साथ दिन्छौँ। तर स्थानीयहरूको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ।’

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ। यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो । महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।