असार १२, काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका छन् । हिन्दु- मुश्लिम विवाह भन्दै कैयौं ठाउमा सोनाक्षीको विरोध गरिएको छ ।

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन् ।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले भनेकी छन्- ‘कस्तो दिन थियो । हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन । मायामा परेका दुई व्यक्तिले सधैं चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो । हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौं ।'

सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो । यद्यपी सो चर्चा विपरित उनका पिता शत्रुघन सिन्हा र आमा सोनाक्षीको विवाहमा सहभागी भएर दुवैलाई आशिर्वाद दिएको देखिएको छ ।