लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिम घोषणा, को को छन् टिममा?

साझासवाल
1 Min Read

असार १२, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन् ।

महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोगिता खेल्नेछ । लेबनानले आयोजना गर्ने यो प्रतियोगितामा आयोजकसहित नेपाल र जोर्डनको सहभागिता निश्चित भएको छ ।

नेपाली टिम:

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे ।

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ ।

Share This Article
Leave a Comment

Leave a Reply