<p><b>असार १२, चितवन ।</b> मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ ।<br></p><p>सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।</p><p>डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ । </p>
Related News


