२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युएईमा सडक दुर्घटनामा परी रुपन्देहीका युवाको ज्यान गयो

२०८१, १२ असार बुधबार ०९:३८

असार १२,  आबुधावी । युएईको आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक युवाको मृत्यु भाएको छ ।

आइतवार सार्वजनिक विदाको दिन राती आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसको ठक्करबाट रुपन्देही गजेडी १ का ३५ वर्षीय तारानाथ चापागाईं को ज्यान गएको हो ।

चापागाईं पछिल्लो साढे दुई वर्ष यता आबुधावीमा रहेको सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए ।


सार्वजनिक विदाको दिन आइतवार साथीभाइ बसेर रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किनेबेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले बताए ।

सडक दुर्घटनामा परेर नेपालीको ज्यान गएको विषय कम्पनीले आबुधावीमा रहेको नेपाली दुतावासलाई समेत जानकारी गराइसकेको र शब नेपाल लैजान दुतावासले अनुमति प्रदान गरिसकेको दुतावासले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै दुतावासले उल्लेख गरेको छ ।

सो दुर्घटनामा परी अन्य नेपालीको हताहती भएकोबारे दुतावासलाई मंगलवारसम्म अधिकारिक जानकारी नआएको युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो