असार १९, रौतहट । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् ।

गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिाहपुर तर्फ जाँदैगरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेकजाँच गर्दा दुवैजना भारतीयले सिट मुनी लुकाईरखेको प्रतिबन्धित नोरफिन ईन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इंजेक्शन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु ईन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

बरामद नशालु इंजेक्शन सहित पक्राउ परेका दुवैजना भारतीय नागरिक रौशन र अमितलाई आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।