असोज ८, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइ गर्न माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन्।

मंगलबार लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको रिहाइ गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रसाईंको रिहाइ गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

यता सर्वोच्च अदालतले भने प्रसाईंलाई थुनामुक्तको आदेश दिन इन्कार गरेको छ।

प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।

September 24, 2024
समाज
दुर्गा प्रसाईंको समर्थकले गरे माइतीघरमा प्रदर्शन
By साझासवाल
3 मिनेट पढाइ