<p><b>असार २२, मुग्लिन |</b> अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ । <br></p><p>इलाका प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो । चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको प्रहरीले बताए। </p>
