१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर इन्डोर स्टेडियम’ बन्दै

२५ असार २०८१, मंगलवार १२:१६

असार २५, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा वर्षाले खेल प्रभावित भएकै कारण स्वाभाविक नतिजा आउन नसकेको धेरै उदाहरण छन् । वर्षाका कारण खेल प्रभावित हुँदा समर्थकहरू सबैभन्दा बढी निराश हुने गरेका छन् । तर, अहिले विश्व क्रिकेटका लागि एउटा खुसीको समाचार आएको छ । क्रिकेट प्रेमीका लागि यस्तो सुखद समाचार अस्ट्रेलियाबाट प्राप्त भएको हो ।

अस्ट्रेलियामा विश्वकै अनौठो क्रिकेट स्टेडियम बनाउने तयारी गरिँदैछ । उक्त क्रिकेट स्टेडियमको काम निकट भविष्यमै अगाडि बढ्ने बताइएको छ । प्रतिकुल मौसमलाई ध्यानमा राखी बनाउन थालिएको यो स्टेडियमको परिचय ‘अल वेदर इन्डोर स्टेडियम’का रूपमा अगाडि सारिएको छ ।


उक्त स्टेडियममा जस्तोसुकै प्रतिकुल मौसममा पनि क्रिकेट खेल सञ्चालन गर्न सकिने बताइएको छ । उक्त स्टेडियम अस्ट्रेलियाको तस्मानियामा बनाउने तयारी गरिएको छ । स्टेडियमको नाम भने ‘माक्वारी प्वाइन्ट स्टेडियम’ राखिएको छ ।

स्टेडियम २३ हजार दर्शक क्षमताको रहने समाचारमा जनाइएको छ । यो स्टेडियमको छत पारदर्शी हुने र छतबाट पर्याप्त उज्यालो स्टेडियमभित्र पुग्ने बताइएको छ । जतिसुकै उचाइको छक्का प्रहार गरे पनि बलले छतलाई नछुने पनि बनाइएको छ ।

यो स्टेडियम तयार पार्न तस्मानियाको परिवेशलाई पनि ध्यानमा राखिएको समाचारमा जनाइएको छ । रंगशालाको डिजाइन तयार पार्दा तस्मानियाका आदिवासी समुदायको सुझावलाई पनि पनि महत्त्व दिइएको बताइएको छ ।

उक्त स्टेडियमबाट समुद्रको मनोरम दृश्य पनि देखिने बताइएको छ । स्टेडियमको निर्माण कार्य सन् २०२८ सम्ममा पुरा भइसक्ने दाबी गरिएको छ । अस्ट्रेलियाका स्पोर्टस एन्ड इभेन्टमन्त्री निक स्ट्रिटका अनुसार, यो स्टेडियमले विश्व क्रिकेटमा ठुलो परिवर्तन ल्याउन सहयोग पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट