साउन ३, काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूर अस्पतालमा भर्ना भएकी छन्।

उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो।

उनको एक साथीका अनुसार उनलाई फुड पोइजन भएको हो। उनी बुधबारदेखि नै कमजोर महसुस गरिरहेकी थिइन्।

केही दिन अघि उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा आफ्नो फेसन सेन्सलाई लिएर चर्चामा आएकी थिइन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले केही तस्बिर सार्वजनिक गरेकी छन्।

जान्हवी पछिल्लो समय फिल्म 'मिस्टर एन्ड मिसेस माही' मा देखिएकी थिइन्। अब उनी तेलुगु फिल्ममा डेब्यू गर्दैछिन्। उनले जुनियर एनटिआरको फिल्म 'देवरा' बाट तेलुगु फिल्ममा डेब्यू गर्न लागेकी हुन्।