![]()
![]()
आज बिहान ८ बजे एक्कासि चितुवा ड्रेनभित्र छिरेपछि समस्या परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको बताए ।
प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२: ३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने जानकारी दिए ।


