जेठ २७, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

२०७४, २७ जेष्ठ शनिबार ०९:३७


जेठ २७, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गर्नुभएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोवल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जि आई, साया समुह, फ्रेन्डस क्लव ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्था लगायत संस्थाको सक्रिय सहभागिता थियो । 

सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, कलाकार सीताराम कट्टेल, अर्जुन धरेल, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो । 

पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरीमाथिको वाग्मतीमा गरेको १७४ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 

यसैगरी रुद्रमती सफाइको १७२ औँ हप्तामा आज रातोपुल–गौशाला–बत्तीसपुतली राममन्दिर–सेतोपुल हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक घरदैलो अभियान सहित सरसफाइ गरियो । आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो । सफाइमा वडा नं ३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्य लगायत ३०० जनाको सहभागिता थियो । 

विष्णुमती सफाइको १४४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको वडा नं १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

तिलगङ्गा महिला समुहले तिलगङ्गास्थित वाग्मती किनारमा ६८ जनाको सहभागितामा गरेको १२१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ८ बाट निर्वाचित वडा अध्यक्ष दिनेश डङ्गोल लगायत सदस्यहरुको पनि सहभागिता थियो । 

यसैगरी चक्रपथ सफाइको नवौँ हप्तामा आज सामाखुसीचोकबाट पश्चिमतर्फ सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत होटल व्यवसायी सहित ३५० अभियानकर्मीको सक्रियता थियो । 

वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज नौ हप्ता पूरा गरेको छ । सफाइको नेतृत्व सकारात्मक मातृशक्ति आवाजले गरेको छ । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । सो महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला