2026-10-15 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिँदै

माघ २०, काठमाडौँ | इजरायलमा जीटुजीमार्फत नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिने भएको छ । इजरायलले थप कामदार माग गर्दै आएको सन्दर्भमा प्रक्रिया सुधार गर्न लागिएको हो । हाल गइरहेका सहायक कामदार (केयरगिभर) को कामप्रति इजरायली कम्पनीहरू सकारात्मक देखिएका छन् । जसले गर्दा उनीहरूले थप कामदारको डिमाण्ड गर्दै आएका छन् । 

त्यसका लागि नेपाली र इजरायली अधिकारीहरूबीच पटक पटक छलफल भइरहेको छ । १ फेब्रअरीमा मात्रै इजरायली अधिकारीहरूसँग जुम मार्फत कुराकानी भएको थियो । उक्त छलफलको क्रममा नेपाली अधिकारीहरूले छनौटमा परेका केयरगिभरहरू अहिलेसम्म इजरायल जान नपाउनेको विषयमा कुराकानी गरेका थिए । त्यस्तै कामदार छनौट प्रक्रियामा छिटो, सरल र सहज बनाउने विषयमा समेत छलफल भएको थियो । 

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले छिटो भन्दा छिटो कसरी कामदार छनौट र पठाउने सकिने भन्ने विषयमा छलफल भएको बताए । ‘३/४ विषयमा कुराकानी भयो । कामदार छनोटको प्रक्रिया लामो भयो कसरी छिटो पठाउन सकिन्छ भन्ने विषयमा छलफल भयो । त्यस्तै कुन कुन क्षेत्रमा कामदार पठाउन सकिन्छ भन्ने विषयमा समेत कुरा भयो,’ निर्देशक सुनुवारले भने ।  

इजरायलले थप केयरगिभर पनि माग गरेको छ । त्यस्तै कृषि क्षेत्रका लागि एक हजार जना कामदार माग गरेको थियो । कामदार छनौट प्रक्रियामा हुने गरेको ढिलाइ, छनौटमा परेका कामदार लैजान भइरहेको ढिलाइलगायतका विषयमा छलफल भएको निर्देशक सुनुवारले बताए । 

छिटो भन्दा छिटो कसरी कामदार पठाउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । ‘कामदार छनौट प्रक्रिया निकै लामो र झन्झिटिलो भयो यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा हाम्रो तर्फबाट राखेको थियौँ । त्यसमा के के सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ निर्देशक सुनुवारले भने । 

अरु क्षेत्रमा पनि कामदार पठाउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको अवस्था छ । उक्त कार्यदलले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि थप गृहकार्य अगाडि बढ्नेछ । 

गत वर्षको माघबाट केयरगिभरलाई इजरायल लैजान थालिएको थियो । तर, अहिलेसम्म पनि सबैलाई लैजान सकिएको छैन । छनौटमा परेका सबै कामदारलाई पठाउन ढिलाई भइरहेको विषयमा नेपाली पक्षले इजरायली अधिकारीसँग प्रश्न गरेका थिए । जवाफमा उनीहरूले सबै कुरा आफ्नो हातमा नहुने र कम्पनीहरूले आवश्यकताको आधारमा कामदार बोलाउँदा ढिलाई भएको बताएका थिए । 

अबका प्रक्रियालाई छिटो र छरितो हुने गरी अगाडि बढ्नुपर्नेमा दुवै पक्षमा एकमत रहेको निर्देशक सुनुवारले बताए ।  हालसम्म छनौटमा परेका १ हजार १७५ मध्ये अहिलेसम्म १ हजार १९ जना कामदार इजरायल पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि