Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ फाल्गुण ०९ गते, दिउँसो २:०७ बजे
अछाम - ACM

कोईराला सरल जिवनका नायक ब्यक्ति सधैँ सम्झी रहौँँ

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/ फागुन ९ अछाम ।  पुर्व सञ्चार राज्य मन्त्रि गोबिन्द बहादुर शाहले स्वर्गिय नेपालि काग्रेसका सभापति एँव पुर्व प्रधानमन्त्रि शुसिल कोईरालाको असल गुणलाई आत्मसाथ गर्दै नेता कार्यकर्ता अघि बढनु पर्ने बताउनु भएको छ ।

नेपालि काग्रेस अछामले कोईरालाको १३ औँ दिनको पुण्य तिथिको अवसरमा सदरमुकाम मगलसेनमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै शाहले नेपालको सविधान निर्माणमा स्वर्गिय कोईरालाले महत्वपुर्ण योगदान दिएकाले यसको कार्यान्वयनका लागि सबै राजनितिक दल मिलेर जानु पर्ने बताएका थिए । कोईरालाले सत्ता र पदको लोभमा नपरि देश र जनतालाई ठुलो मान्दै काम गर्दै आएकाले उहाँको सम्मान स्वरुप सबै कामको मुल्याकन गरेर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

थुप्रै आन्दोलन, विद्रोहलाई छिचोल्दै सविधान निर्माणमा उहाँको निकै योगदान रहेकाले अबका २१ औँ २२ औँ बर्ष सम्म सविधान जिवन्त रहिरहने बताउनु भयो । जिल्ला पार्टी सभापति भरत कुमार स्वारको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अथिती पुर्व साँसद राम बहादुर बिष्टले कोईरालाले असल कार्य सबै जनतालाई छोडेर गएकाले आगामि दिनमा सच्चा सम्मानका साथ सबै मिलेर जानु पर्ने बताएका थिए ।

कार्यक्रममा पुर्व साँसद तथा राजदुत बल बहादुर कुवर, पुर्व पार्टी सभापति तथा महासमिती सदस्य पुष्प बहादुर शाह, अछाम निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, महासमिती सदस्य बल बहादुर कुवर, अनुराधा स्वार, राजन कुवर, नेपाली काग्रेस क्षेत्र नम्बर १ सभापति लक्ष्मण खडका, २ का लक्ष्मण शाह, नेकपा एमाले जिल्ला पार्टी सचिव यज्ञ बोगटी, ऐकिकृत नेकपा माओवादि जिल्ला सदस्य खगेन्द्र मान सिह, राप्रपा जिल्ला अध्यक्ष तेज बहादुर बिष्ट, नेकपा क्रान्तिकारी जिल्ला कार्यालय सचिव काशिराज जैसि, दलित संघ जिल्ला अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी टक्कर ताम्राकार, शिक्षक संघ अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, पत्रकार महांसघ अछामका अध्यक्ष राम बहादुर कुवर, तरुण दल अध्यक्ष प्रकाश साँउद, नेविसंघ जिल्ला सचिव टंक ढुगाना लगाएतले शोक मन्तव्य ब्यक्त गर्दै सरल जिवनका नायक कोईरालाको सधैँ जतिय बयान गरेपनि पुरा नहुने बताएका थिए ।

उहाँको योगदानलाई सधैँ स्मरण गर्दै आगामि दिनमा आफना ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सबै राजिनितिकदल एक भएर अघि बढनु पर्नेमा बक्ताहरुको जोड रहेको थियो । सहभागि सबैले कोईरालाको फोटोमा माल्यार्पणका साथै अब्बिर पुष्प गुच्छा चढाएका थिए । कार्यक्रमको सञ्चालन सचिव नम बहादुर शाहीले गर्नु भएको थियो ।