By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    14 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बस्ती विकासको पर्खाईमा गमगढी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > मुगु - MG > बस्ती विकासको पर्खाईमा गमगढी
मुगु - MGसमाज

बस्ती विकासको पर्खाईमा गमगढी

साझासवाल
Last updated: March 30, 2016 2:08 am
साझासवाल
9 Min Read
Share

चैत १७, मुगु । २०२१ सालमा स्थापना भएको सदरमुकाम गमगढी चार दशक वितिसक्दा पनि व्यवस्थित हुन सकेको छैन ।

२०२० सालसम्म रारामा रहेको जिल्लाको सरदमुकाम विसको दशकको अन्तिम चैत्रमा गमगढी ल्याउने तयारी गरिएको भए पनि विक्रम सम्वत २०२१ सालको बैशाखमा मात्रै सदरमुकाम गमगढीमा सारिएको थियो । गमगढी डाँडो वरपर त्यति वेला घना जंगलले ढाकिएको र स्याल कराउने डाँडामा सदरमुकाम हुन नसक्ने त्यति वेला आवाज आएको बुढापाका बताउछन ।

ए वेला (पहिले ) गमगढीमा सदरमुकाम बनाउने, बजार विस्तार गर्ने भन्दै जिल्ला पञ्चायत बस्ने एक आटी ( खरको छाना भएको एक तल घर ) बनाउदा हामीलाई अचम्म लाग्थ्यो । बाघ, भालु बस्ने एैंसेलुको झाडी, घना जंगल र स्याल बास्न्या डर लाग्न्या थियो । अहिले त हेर्दा हेर्दै ठुलै बजार भयो , हाम्रा नातीका पालामा झन कस्तो होला, श्रीनगर गाविस वडा नम्बर १ निवासी ६९ वर्षीय दुर्गबहादुर मल्लले भने ।

बजार विस्तारसंगै सदरमुकाममा गाडी पुगे पछि बनेका ठुला पक्कि घर देखे पछि ६९ वर्षीय मल्ललाई आफ्नो जवानीको याद याद आउदो रहेछ । उनले विगत सम्झदै भने, हामी त्यो वेला कमाउन महिनौ दिन हिडेर हाट ( भारत ) जान्थ्यौ, त्यहाँका ठुला ठुला घर, काला सडक, गाडी, रेल देख्दा अच्चम मान्थ्यौ, हाम्रो ठाउँ यस्तो कहिले होला सोच्थ्यौ, जमाना फेरिए पछि कसको केही नलाग्ने रहेछ अहिले हामीले पनि हाम्रो ठाउँलाई त्यस्तो देख्न पायौं ।

तत्कालिन जिल्ला पञ्चायतका सभापति कृष्णबहादुर मल्ल र तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य निलबिक्रम शाहको पहलमा तत्कालिन श्रीनगर गाउँ पञ्चायतका २० जना युवा रारा गएर एउटा रजिष्टर बोकेर आएका थिए । त्यति वेला मालपोत कार्यालय र जिल्ला पञ्चायत कार्यालय मात्र रहेका र ति पनि एकै ठाउँबाट सञ्चालन हुने गरेको त्यति वेला देखि जान्ने पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले बताए ।

एउटा सानो खरको छानो भएको एक तले घरमा दुई वटा कार्यालयबाट सुरु भएको सदरमुकामको स्वरुप अहिले निकै बदलिएको छ भने चार दशकको अबधीमा सदरमुकाम गमगढी बजारमा मात्रै चार सय सात घर पुगेका छन । तर बजार विस्तार भए पनि व्यवस्थित बजार व्यवस्थापनको भने ठुलै चुनौती छ ।

सुरुमा खरको छाना भएको बजार अहिले आएर पक्कि घरहरुले भरिदै छ । तिब्र गतिमा विस्तार हुँदै गएको सदरमुकाम गमगढी बजारमा खानेपानी , ढल निकास र फराकिलो सडकको समस्या देखिएको छ । अहिले रहेको बजार भौगोलिक हिसाबले पनि पहिरोको जोखिममा रहेकाले पहिरोबाट जोगाउन बजारको दक्षिण पट्टि रहेको हुलुम खोलामा तटबन्दन गर्न योजना निर्माण हुन लागेको मल्लको भनाई छ ।

सदरमुकामले श्रीनगर र कार्कीबाडा दुई गाविसलाई समेटेको छ भने नगर विकास समिति पनि छ । तर नगर विकास समितिले बजार व्यवस्थापन गर्न आफनो भुमिका स्पष्ट पार्न सकेको छैन । सिरानमा सुन्दर पर्यटकिय क्षेत्र रारा ताल रहेको र त्यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटकहरु सदरमुकाम गमगढी आईपुग्दा व्यवस्थित आवासको लागि त्यति राम्रा होटेल त छैनन तर बन्ने क्रममा छन ।

पछिल्लो समयमा सदरमुकाम गमगढी राष्ट्रिय सडक सञ्जालसंग जोडिए पछि जिल्लाको पुर्वाधार विकासमा भने केहि नयाँ र आधुनिकता देखा पर्न थालेको छ । जिल्लामा गाडी नपुगेको अवस्थामा हवाई मार्गबाट निर्माण सामाग्री ( छड, सिमेन्ट, ईटा आदी ) ल्याउन नसकिने र महंगो समेत हुने भएकाले बजारमा ढुंगा, माटो, काठ र जस्ताका घरहरु बन्ने गरेका थिए । तर २०६९ साल पौष १ गते देखि नाग्म गमगढी सडक खण्ड विधिवत रुपमा उदघाटन भए देखि सहज रुपमा घर भवन निर्माण सामाग्री जिल्लामा पुग्ने गरेका छन ।

अहिले सदरमुकाममा मात्रै नभएर सदरमुकाम नजिकका गाउँ बस्तीमा समेत पक्की घर निर्माण हुन थालेका छन । यद्यपी सदरमुकाम र नगर विकासको क्षेत्र भित्र बन्ने सम्पुण भौतिक संरचनाको भने दिगो पनामा शंका गर्न थालिएको छ । खरको छाना र जस्ता पाताले छाना छाएको कच्ची घर भएको बजार सिमेन्ट, ईटा र छड प्रयोग गरेर भौतिक संरचना निर्माण हुनु आफैमा सकरात्मक कुरा हो तर राज्यले निर्धारण गरेका न्युनतम मापदण्ड पुरा नगर्नुले भने केहि असहजता उत्पन्न गराएको गमगढी नगर विकास समितिका अध्यक्ष सिहं बहादुर मल्लले बताए । उ

नले भने, अहिले नगर विकास समितिको निती संशोधन भएको छ अव नगर विकास समितिको व्यवस्थापन कार्य विधी समेत फराकिलो बनेको छ । बजार व्यवस्थापनका लागि अब अनिवार्य बजारमा आठ मिटरको सडक हुनु पर्ने, घर बनाउदा नक्सापास अनिवार्य गराउनु पर्छ । यो क्रम यसै आर्थिक बर्ष देखि सुरु हुने मल्लको दावी छ ।

हल सदरमुकाम गमगढीमा रहेका चार सय सात घरधुरी मध्य जम्मा दुई घरधुरीले मात्र घर निर्माण गर्नु पुर्व सदरमुकाम रहेको श्रीनगर गाविसबाट नक्सा पास गरेको देखिन्छ भने अरु सबैले चौहद्दी लिएको देखिन्छ ।

सम्बन्धित गाविस, नगर विकास समितिबाट अनिवार्य रुपमा घर बनाउनु पुर्व नक्सा पास गराउनु पर्ने प्रावधान भए पनि अहिलेसम्म गमगढी बजारमा दुई जनाले मात्र नक्सा पास गराएका श्रीनगर गाविसका सचिव नन्दबहादुर मल्लले बताए । नियम अनुसार नक्सा पास नगराई घर बनाउनेलाई कार्वाही हुने भए पनि राजनितिक संक्रमण र स्थानीय निकाय रिक्त रहेका कारण कानुन कार्यान्वयन गर्न समस्या भईरहेको सचिव मल्लको दावी छ ।

सदरमुकाम रहेको गमगढीमा भुगोल कमजोर रहेकाले यसको भविश्य नरहेको , बजार विस्तार गर्न नमिल्ने भन्दै कतिपयले त सदरमुकामलाई रारा सार्नु पर्ने तर्क वेला बेला आउने गरेका छन तर जिल्ला सदरमुकाम गमगढी देखि बाहिर खत्याड भेग, सोरु भेग र करान भेगका कुनै पनि गाविसका कुनाबाट सदरमुकाम पुग्न डेढ देखि दुई दिन लाग्ने गर्छ ।

यस कारणले सदरमुकाम अन्यत्र सार्नु भन्दा यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तिर ध्यान दिनु पर्नेमा जोड दिनेका संख्या पनि कम छैन । सदरमुकाम रहने स्थानमा आधारभुत आवश्यकता परिपुर्ति भएको हुनु पर्छ । हाल भर्खरै खेल मैदान निर्माण हुन लागेको छ भने वृद्धाश्रमको प्रस्ताव गरिएको छ ।

सदरमुकाम गमगढी बजार व्यवस्थापनका लागि पञ्च वर्षीय गुरु योजना समेत निर्माण हुन लागेको छ । यता जिल्लाको उक मात्र विमान स्थल ताल्च विमान स्थल कालो पत्रे भए पछि रारा घुम्न आउने पर्यटकको संख्या बढ्को र उनिहरु राराबाट सदरमुकाम गमगढी हुँदै माथिल्लो मुगुसम्म घुम्न जाने भएकाले सदरमुकामलाई व्यवस्थापन गर्न पहिलो प्राथामिकता दिनु पर्ने जिल्लाका राजनितिक दलहरुको तर्क छ ।

अहिले सदरमुकाममा रहेको मुख्य बजारमा बनेका घर सडकलाई परिवर्तन नगरि यहि अवस्थामा राख्दा जिल्लाको मौलिकता बाहिरबाट आउनेहरुका लागि उत्सुकताको विषय हुने भएकाले अहिलेको बजारलाई जस्ताको तस्तै राखिनु पर्ने तर्क छ पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको । यो संगै पवित्र धार्मिक स्थल छायानाथ मन्दिर , कालिका मालिका मन्दिर र अन्य खस भाषीहरुका परम्परागत मौलिक संस्कृति पनि रहेकाले गमगढीको पुरानो बजारको पुरानो स्वरुपलाई जोगाई राख्नु पर्ने तर्क छ उनको ।

अहिले कार्कीवाडा गाविसको सेतीवाडा देखि श्रीनगर गाविसको जिल्ला अस्पताल रहेको ठिनीसम्म तीन किलो मिटर भन्दा बढि सडक विस्तार भईसकेकाले सो क्षेत्रमा बजार विस्तार गर्ने तयारी भईरहेको मल्लको भनाई छ । अबको पाँच वर्ष भित्र यो तीन किलो मिटर सडक खण्डमा पुर्ण रुपमा भौतिक पुर्वाधारको विकास भई व्यवस्थित बजार विस्तार भईसक्ने मल्लको दावी छ ।

स्थानिय समाजसेबी जित बहादुर मल्लका अनुसार गमगढी बजार ब्याबस्थीत बनाउनकोलागी सरोकार वालाहरुले बिन पलान अनुसार अघी बढेको अब्याबस्तीत भएको छ यसै कुरामा चुकेका छौ ।

बजार ब्थाबस्थापको लागी सहरी बिकास मन्त्रालय बाट ४५ लाख र जिल्ला बिकास समिति मुगु बाट ३० लाख गरी जम्मा ७५ लाख यो बर्ष बजेटको जिम्मा नगरबिकास समिति मुगुका अध्क्षय सिंह बहादुर मल्लको जिम्मा भए पनि अहीले गमगढी बजारमा १५ मिटर सम्म सडकको काम भएको छ । गत बर्षहरुका नगरबिकास समितिले लाखैको बजेट गमगढी बजारको नाममा ल्याउने झारोटारी खाने गरेको स्थानिय जनताको गुनासो रहेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले ओत गाँउ कमिटिको भेला सम्पन्न
Next Article जेहेन्दारलाई छात्रवृत्ति दिएको हौं –प्याव्सन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

मोरङमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

57 years ago

नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी

57 years ago
सप्तरी - SPTसमाज

सप्तरीमा पुल नबन्दा आवतजावतमा समस्या

57 years ago
काठमाडौँ - KTMसमाज

नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण स्थगित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?