२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्डिकेट र सुन तस्कर तह लगाएका गृहमन्त्री बादलको अर्को घोषणा

२०७५, २३ बैशाख आईतवार १४:५९

वैशाख २३, काठमाडौं । यातायात क्षेत्रको सिण्डिकेट र एयरपोर्टका सुन तस्करलाई तह लगाएका गृहमन्त्रीले अब ६ महिनापछी नेपाललाई मदिरामुक्त बनाइनेघोषणा गरेका छन् ।

आज गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुले गृहमन्त्री राम बहादुर थापालाई मदिरा नियन्त्रण हुनुपर्ने माग गरेपछी महिलाहरुलाई आश्वस्त पार्दै अब सिंगो देशलाई मदिरामुक्त बनाउने बताएका हुन् । 

महिलाहरुले गृहमन्त्री बादललाई भेटि सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउन माग गरेका थिए । जवाफमा बादलले रक्सी भष्ट्राचारको कारक भएको र समृद्धिको बाधक भएको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको बताए । देशभरका सबै वडाहरुमा विभिन्न राजनीतिक पार्टीआवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मीहरु रहने गरी समिति गठन गरेर वडास्तरबाटै मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको मन्त्री थापाले जानकारी दिए ।

यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै उनले यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालन गर्ने बताए । मन्त्री थापाले अनुमति नलिई र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो