2026-10-05 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए। उनले देश, राष्ट्र र विधानअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए। निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए।

देउवाले भने, ‘संसद्मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यस कारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्छौँ। हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ। कर्मचारीको हकहित हेर्ने हो। कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो, कुनै पार्टीको लागि काम गर्ने होइन। चुनावमा कसलाई भोट दिने, कसलाई नदिने उसको कुरा हो त्यो। तर पार्टीको आदेश मान्ने होइन।’

देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए। उनले २१ औँ शताब्दीको आकाङ्क्षाअनुरूप जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर