<p><b>असार २६, काठमाडौं ।</b> प्रहरीले काठमाडौंको सुकेधाराबाट गैडाको खागसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।<br></p><p>काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गा मोलङ्ग गाउँपालिका–२ का टेकराज वयलकोटी र गुल्मी धुरकोट गाउँपालिका २ का २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको हो ।</p><p>पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले बताउनुभयो ।</p>
