असार २९, काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङलाई पक्राउ गरेको हो | गुरुङले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेका थिए |
विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो ।
तर, आयोजक ओडीसीका अध्यक्ष गुरुङले खान नेपाल आउने भन्दै टिकट बिक्रीवितरण गरि ठगि गरिरहेका थिए ।
गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजारसम्मको टिकट विक्री गरेको बताइएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!