२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मतीको धापमा दह निर्माण

२०७५, ४ भाद्र सोमबार ०८:१४

भदौ ४, काठमाडौँ | हिउँदका समयमा प्राय प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षादको पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वाग्मतीको ९० प्रतिशत पानी खाने पानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढलमात्र बग्ने गरेको छ । उपत्यकाको सभ्यताको स्रोतको रुपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको हो । 

उपत्यकामा धेरै घर बनेकाले जमीनबाट वाग्मतीमा पानी पुनःभरण हुँदैन । ‘जापान वाटर एजेन्सी’लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा दह निर्माण गर्नसके वर्षादमा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिइएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सिँचाइ एकाइ प्रमुख आशिषभद्र खनाल राससलाई बताउनुहन्छ । 

गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रुख काट्ने अनुमति लिन समय लागेकाले २०७४ वैशाखदेखि मात्र काम शुरु भएको थियो । 

दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेण्ड पानी वाग्मती नदीमा बगाउन सकिने उहाँको भनाइ छ । प्रदूषित बन्दै गएको उक्त नदीमा । महाशिवरात्रीलगायत अन्य महतवपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्म ७०० लिटरसम्म पानी बगाउन सकिने जनाइएको छ । 

एश्यिाली विकास बैंकको रु ५१ करोड ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिने छ । दहको ठेक्का गोञ्जाओ ÷लामा ÷रमण जेभी निर्माण कम्पनीले लिएको छ । दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुङ्गा र बालुवा भर्ने काम भइरहेको छ । 

वाग्मतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । नागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन मन्त्रालयमा निवेदन पेश गरिसकिएको छ । 

आउँदो वैशाखसम्ममा दह निर्माण गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस