2026-10-02 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने चुम्लुङको माग

कमल घिमिरे । चैत्र २ । पाँचथर,  किरात याक्थुङ चुम्लुङले  प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ ।

पाँचथरको फिदिममा सम्पन्न भएको ११ औँ राष्ट्रिय महाधिवेशनको नव गठित संघिय कार्य समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवान किरात नामाकरण गर्नुपर्ने माग गरेको हो । ऐतिहासिक पृष्ठभुमीको आधारमा प्रदेश १ को वस्तुस्थिति अनुसार पहिचान जनित नाम राखिनुपर्ने चुम्लुङको माग छ ।

किरात याक्थुङ चुम्लुङको  ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रेम येक्तेनको अध्यक्षतामा ३४ सदस्यीय संघिय कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमल तिगेला, गोबिन्द आङ्बुङ, कमला  फागो र चन्द्रकुमार आङ्देम्बे, महासचिवमा निरन्ती तुम्बापो , उप महासचिवमा योगेन्द्र पालुङ्वा, सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानी बिक्रम सम्बाहम्फे र भीमप्रसाद योङ्हाङ र  कोषाध्यक्षमा अमर तुम्याहाङ सहित ३४ सदस्यि संघीय कार्य समिति चयन भएको हो । 

उक्त महाधिवेशनमा विभिन्न छलफल पत्रहरु  लिम्बुवान र प्रदेश नं. १ को नामाङ्करण , किरात सिरिजंगा लिपीको प्रतिवेदन र लिम्बू भाषा सरकारी कामकाजको प्रयोग , लिम्बूहरुको भूमि अधिकार, कार्यान्वयन पक्ष र चुनौतीहरु , लिम्बू कला र संस्कृति सम्बन्धीको छलफल, किरात, याक्थुङ/लिम्बू सम्बन्धी र लिम्बू भाषा, साहित्य र पठनपाठनमा वर्तमान अवस्था विषयक छलफलपत्रहरु प्रस्तुत भएको थियो । 

उक्त कार्य समिति बाट २० बुँदे निर्णय तथा समसामयीक प्रस्तावहरु पारित गरिएको महासचिव निरन्ती तुम्बापोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने