Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ भदौ २६ गते, बिहान ६:४२ बजे
समाज

सुर्खेतमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २६, सुर्खेत | सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका १४ जुगेपानीका  ५० वर्षीया  प्रेमबहादुर कामीको ज्यान गएको हो । 

मंगलबार बिहान १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक कामीकी श्रीमती खगिसरा घाइते हुनुभएको छ । चटेयाङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुरकोसमेत ज्यान गएको प्रहरीले जनाएको  छ ।