२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटो गर्नुपर्छ : मन्त्री अधिकारी

२०७५, ५ आश्विन शुक्रबार १०:०९

असोज ५, भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ । 


आज पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा उहाँले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्डअनुसार निर्माण हुनुपर्ने बताउनुभयो । 

मन्त्री अधिकारीले ढुङ्गेधारासम्मको बाटो र चाँगुनारायण मन्दिरमा बन्न बाँकी रहेको चौघेरा सत्तलको पुनःनिर्माण छिटो गर्न मन्त्रालयलये पहल गर्ने आश्वासन दिनुभयो । 

उहाँले भक्तपुर जिल्लाका प्रत्येक सरकारी कार्यालयले यस मन्दिरको पहिला र अहिलेको तस्वीर राख्नुपर्र्ने सुझाव दिनुभयो । मन्त्री अधिकारीले जनस्तरको आयआर्जनमा टेवा पुग्ने गरी स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनको कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । 

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्पदाको पुनःनिर्माण छिटो गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । चाँगुनारायण–४ का वडाध्यक्ष बुद्धिलाल महर्जन यहाँको चौघेरा सत्तल पुनःनिर्माण नहुँदा तीर्थयात्रीलाई बस्ने ठाउँ नभएको बताउनुभयो । 

पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहालले काठ अभावका कारण पुनःनिर्माणमा समस्या आइरहेको जानकारी दिनुभयो । भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माण सम्पन्नपछि सरकारी पूजासहित मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले तान्त्रिक एवं धार्मिक विधिअनुसार क्षमा पूजा गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने