By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खस्न थाल्यो नुवाकोटको साततले दरबार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > खस्न थाल्यो नुवाकोटको साततले दरबार
काठमाडौँ - KTMसमाज

खस्न थाल्यो नुवाकोटको साततले दरबार

साझासवाल
Last updated: September 23, 2018 8:01 am
साझासवाल
8 Min Read
Share

नवदीप श्रेष्ठ | असोज ७, नुवाकोट | देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । 

भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो । 

भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भन्नुभयो – “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षात्को पानीले भत्कायो ।” 

भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षात्को पानीबाट जोगाउन नसक्दा भत्किएको छ । गत वर्ष साउनमा मन्दिरको उत्तरपट्टि पाखोको जगैसम्म भत्कियो । “तत्काल पुनःनिर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,” नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भन्नुभयो । 

नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ । भूकम्पले थोरै भत्काएका सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताउनुभयो । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भन्नुभयो – “चीन बनाइदिन्छ भन्ने सुनेका छौं । पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्ने हो उनीहरुले नै थाहा नभएको बताउँछन् ।” 

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्न भय सिर्जना भएको छ । भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमूना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेका छन् । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ भन्छन् स्थानीय ईन्द्रबहादुर पण्डित । 

भूकम्पले माथिल्लो तला मात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ । यस्तै, साततले दरबारको प्राङ्गणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तला मात्र भत्काएको थियो । बर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व अब माटोमा मिल्न मात्र बाँकी छ । हाम्रा आफ्नो ऐतिहासिक सम्पदा हामी आफैंले पुनःनिर्माण गर्न नसक्ने भएमा विदेशीलाई दिने हो । विदेशीलाई दिने भनिए पनि बेलैमा सरकारले पहल गर्नुपथ्र्यो तर, त्यसो हुन सकेको छैन ।

भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याइएको छ । लगातारको झरीका कारण दरबारको छानाका झिँगटी मात्र नभई माथिल्लो तलाका ईंटाहरुसमेत खस्न थालेका छन् । चीन सरकारले बनाइदिने भने पनि कहिलेदेखि यसको काम शुरु हुने हो भन्ने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताउनुभयो । “चीनले दशैंपछि पुनःनिर्माण थाल्ने भनेको जानकारी आएको छ तर, दशैंपछि साँच्चै शुरुआत होला भन्ने यकिन जानकारी मलाई पनि छैन,” उहाँले भन्नुभयो – “यहाँको अवस्थाको बारेमा पटक पटक विभागमा जानकारी गराएको छु । मेरो काम नै जानकारी गराउने र यहाँको भत्किँदै गएको सम्पदाहरु टुलुटुलु हेरेर बस्ने मात्र भएको छ ।” 

चीनका प्रविधिज्ञहरुले गत वर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एक सातासम्म सर्वे गरेका थिए । त्यो सर्वेपछि तत्काल दरबारको पुनःनिर्माण हुने आशा पलाएको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो । यो समाचार पढेर दङ्ग भएका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । “चाँडै दरबार क्षेत्र भूकम्प प्रतिरोधी संरचनाको रुपमा निर्माण हुने भो भनेर खुशी भएका थियौं तर, अहिलेसम्म पुनःनिर्माणको चालचुल केही छैन,” वडाअध्यक्ष शाहीले भन्नुभयो । 

विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण तथा संरक्षणका लागि जुनसुकै संस्था जिल्लामा भित्रिए पनि नगरपालिकासँग समन्वय हुन नसकेको दुखेसो पोख्नुभयो । दाहालले पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरी पुनःनिर्माण गर्ने चासो देखाएको जानकारी आफूलाई भए पनि संस्थागत रुपमा कुनै जानकारी नभएको र दरबार क्षेत्रका पुनःनिर्माणको कुनै काम शुरु नभएको बताउनुभयो । 

पृथ्वीनारायण शाहको पालामा निर्मित पुरातात्विक सम्पदा साततले दरबारलाई छिटो भन्दा छिटो पुरातत्व विभागसँग समन्वय गरी पुरानै शैलीमा पुनःनिर्माण गरिदिन स्थानीयवासीले आग्रह गरेका छन् । साततले दरबारभन्दा कैयौं वर्ष पुराना तुलजा मन्दिर लगायतका सम्पदाको पनि तत्काल पुनःनिर्माण हुनुपर्ने उनीहरुको माग छ । 

सम्पदा गाउँ 

नुवाकोट दरबार क्षेत्र वरपरको वस्तीलाई पुरातात्विक शैलीमा पुनःनिर्माण गर्ने अभियान नै चलाइएको छ । निजी आवाससमेत पुरातात्विक शैलीमा पुनःनिर्माण भइरहेका बेलामा आफ्नो ठाउँका सम्पदाहरु भने असरल्ल परेको स्थानीयवासी आनन्द श्रेष्ठले बताउनुभयो । 

दरबार क्षेत्र वरपरका पाँच दर्जन घरहरु पुरातात्विक शैलीमा निर्माण भइरहेको सम्पदा गाउँका सदस्य ध्रुव थापाले बताउनुभयो । “स्थानीयवासीले थप रकम लगानी गरेर सम्पदा क्षेत्रको स्वरुप झल्कने गरी घरहरु बनाइरहेका छन्,” थापाले भन्नुभयो – “सरकारको बेवास्ताका कारण सम्पदा नै सकिने खतरा बढेको छ ।” 

दरबार क्षेत्रका घरहरु सम्पदा शैलीमा पुनःनिर्माण गर्दा सरकारले दिने रु तीन लाख अनुदानमा थप रु ५० हजार सहयोग उपलब्ध गराइने छ । यस्ता घर निर्माण गरेका विदुर नगरपालिकाले पनि थप रु ४० हजार अनुदान दिने भएको छ । 

भैरवी मन्दिर अधुरै 

नुवाकोट दरबार क्षेत्र चीनले पुनःनिर्माण गरिदिने भने पनि भैरवी मन्दिर भने पुरातत्व विभागले नै पुनःनिर्माण गरिरहेको छ । जिल्लाको प्रमुख मन्दिर तथा प्रमुख मेला लाग्ने थलो भैरवी मन्दिरको पुनःनिर्माण पनि गत असारमै सकिने गरी ठेकेदारसँग सम्झौता भएको हो तर, पुनःनिर्माण अझै सकिएको छैन । 

भूकम्पले भत्काएको मन्दिरको पुनःनिर्माण रु ४ करोड ६० लाख लागतमा हुँदैछ । पुरातत्व विभागका सब–इन्जिनीयर गोविन्द अधिकारीले भूकम्पलगतै झेल्नुपरेको नाकाबन्दी, आकार मिलेका काठ तथा प्राचीन शैलीका ईंटा उपलब्ध गराउन असहजता र ठेकेदारको ढिलासुस्तीका कारण पनि दरबार र दरबार आसपासका मन्दिर निर्माणले गति लिन नसकेको बताउनुभयो । 

अहिले पुरातत्व विभागले नुवाकोट क्षेत्रको इन्द्रायणी मन्दिर, बूढी देवता, सरस्वती मन्दिर, गणेशस्थानलगायत साना मन्दिरहरु पुनःनिर्माण गरिरहेको छ । 

नुवाकोट आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक साततले दरबार क्षेत्रमा पुग्ने गरेको थिए । भूकम्पले दरबार क्षेत्र तहसनहस बनाएपछि पर्यटकको आगमन निकै घटेको छ । 

साततले दरबारलाई संग्रहालयमा रुपान्तरण गरी पर्यटकका लागि खुला गरिएपछि दरबारको सातौं तलाबाट नुवाकोट र रसुवाका हिमाल, डाँडाकाँडा र फाँटहरु अवलोकन गर्न सकिन्थ्यो तर, अहिले प्रवेश रोकिएको छ । दरबार अवलोकनका लागि अहिले कोही पर्यटक नआउने गरेको साततले दरबार संग्रहालयका कर्मचारी रोजिना श्रेष्ठले बताउनुभयो । 

भूकम्प अघि दरबार अवलोकन गर्न मात्रै वर्षमा २० हजार भन्दा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्थे । त्यसमा कतिपय रसुवाको लाङटाङ क्षेत्रमा घुमेर आउने विदेश पर्यटक हुन्थे । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आफ्नै बाबुद्वारा बन्चरो प्रहार गरी छोराको हत्या !
Next Article कोरियाली राष्ट्रपतिले उत्तरको सन्देश लिएर अमेरिका भ्रमण गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

57 years ago
डोटी - DTसमाज

५ दिने आध्यात्मिक राजयोग शिविर सिलढीमा शुरु

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा ५१ वर्षीया महिलाको हत्या

57 years ago
काठमाडौँ - KTMडडेलधुरा - DDLपत्रपत्रिकाबाट

प्रधानमन्त्रीको जिल्लामा उम्मेदवार छनोटले खैलाबैला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?