पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ७, कैलाली | </b>कैलालीको टीकापुरमा बाबुले बञ्चरो प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवाद परेपछि ७५ वर्षीय बाबु पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरेका थिए | बन्चरो प्रहारबाट गम्भीर घाइते भएका कृतबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।<br></p><p>मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए ।</p><p>गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक स्रोतले बताएको छ। सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ ।</p>

